दुबईबाट विश्वलाई आइपिएल देखाउने हर्क कैनी

सेतोपाटी

काठमाडाैं

सुदूरपश्चिमका हर्कबहादुर पार्की कैनी अहिले दुबईबाट विश्वलाई इन्डियन प्रिमियर लिग (आइपिएल) देखाउँदै छन्।डडेल्धुराको अमरगढी नगरपालिका–७ का कैनी युएईमा जारी आइपिएलको प्रत्यक्ष प्रसारण गर्ने 'रियल इम्प्याक्ट' को ब्रोडकास्ट फिडका भिजन इन्जिनियर हुन्। उनी आइपिएलको पहिलो सिजनबाटै प्रत्यक्ष प्रसारण गर्ने काममा सहभागी हुँदै आएका छन्।

सन् २००८ को पहिलो संस्करणदेखि अहिले जारी १३ औं संस्करणसम्म उनले आइपिएलको लाइभ ब्रोडकास्टको काममा सामान्य कर्मचारीदेखि इन्जिनियरसम्मको काम गरिसकेका छन्।

कोरोना महामारी नआएको भए यो वर्ष २९ मार्चमा आइपिएल हुने तालिका थियो। हर्कबहादुर आइपिएल मिति तोकिनुअगाडि १५ दिनको बिदामा मार्चको सुरूतिर घर आएका थिए। तर केही दिनमै कोरोना लकडाउन भयो। आउन-जान बन्द भयो।

प्रकाशित मिति: : 2020-09-23 14:53:57

प्रतिकृया दिनुहोस्