नेपालमा कोरोना भ्याक्सिन प्रयोगका लागि अफर नै अफर : ऐन पल्टाउँदै सरकार !

रातोपाटी

काठमाठाैं

कोरोनाभाइरस संक्रमितका लागि विश्वमा विभिन्न देशमा परीक्षण भइरहेका भ्याक्सिन नेपालमा पनि परीक्षण गर्न दिने बहस चलेपनि अहिलेसम्म औपचारिक प्रक्रिया सुरु भएको छैन । विश्वका विभिन्न देशका कम्पनीहरुले प्रारम्भिक प्रस्ताव गरेपछि सरकारले त्यसबारे अध्ययन गरेर सुझाव दिनका लागि विज्ञ टोली समावेश गरेर एक समिति निर्माण गरेको छ । सोही समितिको सुझावका आधारमा कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ  । मन्त्रालयले ५ सदस्य रहेको एक समिति गठन गरेको हो । नेपालमा कोरोना भ्याक्सिन किन परीक्षण नगर्ने भन्ने प्रश्न उठेपछि अध्ययन तथा सुझावका लागि मन्त्रालयले समिति गठन गरेको हो । अहिले तत्काल भ्याक्सिन किनेर ल्याउन कुन कम्पनी, कुन भ्याक्सिन ठीक हुन्छ भन्ने निश्चित नभइसकेकोले परीक्षणका लागि दिन खोजिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।

प्रकाशित मिति: : 2020-09-23 14:45:30

प्रतिकृया दिनुहोस्