सेयर बजारमा लगानीकर्ताका सङ्घ धेरै भए, बजारको निष्पक्षतामै शङ्का

रातोपाटी

काठमाडौँ

डा. गोपाल भट्ट

कोरोना महामारीको प्रभावबाट धेरैजसो देशलाई छोएको छ । अहिले सबैतिर कोभिडको प्रभाव परेको र अर्थन्त्र डामाडोल भएको  अवस्थामा पनि सेयर बजारमा किन उछाल आइरहेको छ भन्ने विषयमा आम चासो छ ।

सबैतिर प्रभाव पारेको अवस्थामा सेयर बजार घट्नै पर्ने हो भन्ने एउटा अनुमान मात्र हो । घटेको भए हामी त्यसलाई कसरी व्याख्या गथ्र्यौं, त्यो फरक पाटो हो । जुन विषयमा बढी ध्यान हुन्छ, आश पनि त्यसैमा हुन्छ । अहिले सबै गतिविधि ठप्प भएका बेला लगानीकर्ताको आश स्टक मार्केटमा छ । हामी हाम्रो अनुमान विपरीत बजार गयो भने यो गलत भयो भन्छौँ । आफू अनुकूल बजार भयो भने यो सही हो भन्छौँ । भलै सही वा गलत आफ्ना ठाउँमा हुन् ।

स्टक मार्केट पनि त्यही हो जुन सधैँ आफैँ अनुकूल होस् भन्ने चाहन्छौँ । नेपालमा अर्थतन्त्रका सूचकहरु सबै बिग्रिसकेको अवस्था होइन ।  प्रायजसो देशहरु नकारात्मकतिर गइरहेको बेलामा पनि नेपालको अहिलेको आर्थिक सूचकबाट आत्तिहाल्नुपर्ने अवस्था देखिँदैन ।

प्रकाशित मिति: : 2020-09-22 13:20:57

प्रतिकृया दिनुहोस्