विभेदकारी नीतिको मारमा सडक यात्रु : जहाजकै हाराहारीमा गाडी भाडा !

रातोपाटी

काठमाडाैं

काठमाडौं । काठमाडौँबाट पोखरा उडानमा मङ्गलबारका लागि बुद्ध एयरलाइन्सले प्रतियात्रु २ हजार रुपैयाँमा टिकट अफर गरिरहेको छ । त्यही भाडादर यति एयरलाइन्सको हकमा समेत लागु हुन्छ । त्यसो त, अरु गन्तव्यको भाडा समेत महँगो भने छैन । काठमाडौँबाट झापाको भद्रपुर विमानस्थलका लागि ३ हजार भाडादर तोकिएको छ । त्यस्तै विराटनगरका लागि न्यूनतम ३ हजार रुपैयाँ, सिमराका लागि २ हजार ९ सय रुपैयाँ, भरतपुरका लागि २ हजार ४ सय रुपैयाँ, नेपालगञ्जका लागि ४ हजार रुपैयाँ भाडादर तोकिएको छ । विमानहरुले टिकटको माग र उपलब्ध सिटका आधारमा विमानमा कुनै पनि गन्तव्यको भाडादर निर्धारण गर्ने गर्छन् । तर, सरकारले तोकेको अधिकतमभन्दा बढी भाडा लिन पाइँदैन, त्यो दर निकै माथि हुन्छ । एकाधबाहेक उल्लेखित सबै गन्तव्यको भाडादर कोभिड–१९ अघिको सामान्य भाडादरकै हाराहारीमा हुन् ।

प्रकाशित मिति: : 2020-09-21 14:39:27

प्रतिकृया दिनुहोस्