आफ्नो भए सबै माफ, अरूको भए पत्तासाफ !

लोकान्तर

काठमाडाैं

दीपक शर्मा

करीब–करीब राजनीतिक प्रतिपक्षको अवसान भैसकेपछि पछिल्लो सरकार भ्रष्टाचारको दलदलमा फुक्काफाल नाचिरहेको छ । कोरोनाको कहरमा नेपाली जनतालाई घरभित्र थुनेर सरकारले विभिन्न घोटालाको स्क्रिप्ट बनाएर त्यसको कार्यनव्यन पनि गरिसकेको छ । 

यसमा स्वास्थ्य सामाग्री घोटालादेखि विदेशबाट नेपाली ल्याउने नाममा गरिएका अर्बौं र करोडौंका अनियमितताहरू समावेश छन् । कुनै समय भ्रष्टाचारीको मुख हेर्दिनँ भनी भाषण ठोक्ने शासक सबै भ्रष्टाचारीसँग गला जोड्दै मित लगाउन सक्षम भैसकेका छन् ।

अवस्था कतिसम्म निराशाको छ भने नेपाली जनतालाई यो सरकारमा भएका एक व्यक्ति पनि इमानदार छन् जस्तो लाग्न छाडिसक्यो। यो लोकतान्त्रिक प्रणालीका लागि नै घातक कुरा हो । स्थिर सरकारको ब्यानर लगाएर त्यसमा विकास र समृद्धिको नारा टाँसेर भित्रभित्रै यो सरकार अनेक घोटाला र काण्डमा पोलिएको छ । नेपाली जनताको स्मरण शक्ति तेज नै छ सरकार ! ती काण्डमध्येका पनि बाहिर आइसकेका सुन काण्ड, वाइडबडी जहाज काण्ड, यती होल्डिङ्स काण्ड, सेक्युरिटी प्रेस काण्ड, ओम्नी काण्ड आदि हुन् । सबै काण्ड लेख्ने हो भने सानो पुस्तक नै तयार हुन सक्छ । 

प्रकाशित मिति: : 2020-09-20 11:37:54

प्रतिकृया दिनुहोस्