पाकिस्तानमा स्कुल र कलेज खोलेको दुई दिनमै बन्द

एजेन्सी

इस्लामाबाद

पाकिस्तानमा कोरोनाको संक्रमण पुनः बढ्न थालेपछि सरकारले स्कुल तथा कलेज बन्द गरेको छ। इमरान खान सरकारले गत मंगलबार ९ र १० कक्षा तथा कलेज खोल्ने निर्णय गरेको थियो। 

स्कुल, कलेज खोल्दा अपनाउनुपर्ने कोरोनाको निर्देशिका राम्रोसँग पालना नगर्दा कोरोना बढेको बताइएको छ। बिहीबार ३२ स्कुल बन्द भएका छन्। खुलेका थुप्रै स्कुलमा सामान्य सुविधा पनि थिएन। कलेजमा दुई विधार्थी पोजिटिभ भेटिएका छन् 

विपक्षी दलले पहिले नै सरकारी निर्णयको विरोध गरेको थियो। एक्सप्रेस ट्रिब्युन पत्रिकाका अनुसार खैबर पख्तुनख्वामा सबैभन्दा बढी १६ स्कुल बन्द भएका छन्। राजधानी इस्लामाबादमा दुई स्कुल पनि बन्द गरिएको छ। सरकारले सबै कुराको समीक्षा गरेपछि मात्र अघिल्लो निर्णय गर्ने बताएको छ।

प्रकाशित मिति: : 2020-09-18 10:12:17

प्रतिकृया दिनुहोस्