‘परपुरुषसँगको सम्बन्ध थाहा पाएपछि श्रीमानले हामी दुवैलाई मार्छु भने, अनि हामीले नै मार्‍यौं’

नेपाल खबर

काठमाडौँ

उजिर कार्की

‘हाम्रो गाउँको एउटा मान्छे हराएको छ, खोजिदिनु पर्‍यो,’ एक साताअघि इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुगेर दुई व्यक्तिले भने।

नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१८, हुर्चिलका ४२ वर्षीय धनबहादुर मगर हराएको उनीहरुको भनाइ थियो।

प्रहरीले सोध्यो, ‘तपाईंहरु को हो उहाँको?’

‘हामी गाउँले भाइ,’ उनीहरुले जवाफ दिए।

‘कति भयो हराएको?’

‘६ महिना।’

हराएको ६ महिनासम्म पनि खोजी गर्न नआउनु आफैंमा रहस्यमय लाग्यो गैंडाकोटका प्रहरी इन्चार्ज चन्द्रबहादुर थापालाई।

‘सामान्यतयाः मान्छे हराएको केही दिनभित्रैमा खबर आइसक्छ। फेरि उनीहरुले ६ महिनादेखि हराएको भनेका व्यक्ति एक वर्षभन्दा पहिले नै हराएको पत्ता लगायौं,’ थापाले भने।

हराएका भनिएका धनबहादुर मगरकी श्रीमती फूलमाया घरमै थिइन्। उनले डेढ वर्षसम्म कुनै मतलब नगरेको तर, गाउँलेले खोजी गरिदिनु पर्‍यो भन्दै आएपछि प्रहरीले यो घटनालाई शंकाको घेरामा राख्यो।

प्रकाशित मिति: : 2020-09-16 20:38:40

प्रतिकृया दिनुहोस्