'जहाँ विद्यार्थी, त्यहीँ परीक्षा' : यस्तो छ लुम्बिनी बौद्ध विश्वविद्यालयको 'डोर टु डोर मेथड'

पहिलोपोष्ट

काठमाडौं

प्रकाश भण्डारी

 कक्षा कोठा कहिले खुल्ने पत्तो छैन। धेरैजसो स्कुल र विश्वविद्यालय छलफलमै छन् - पढाउन त जसोतसो मिल्ला तर परीक्षा कसरी लिने? एसइइको परीक्षा आन्तरिक मूल्याङ्कनमै टर्‍यो। अब महामारीबाट जोगाउँदै शैक्षिक संस्था कसरी खोल्ने?

सरकारसँग न त रणनीति न त कुनै योजना नै। जेनतेन अनलाइनबाट भएको पढाइको परीक्षा लिन स्कुल कलेजलाई सकस छ - सबैको पहुँचमा इन्टरनेट छैन। भएको ठाउँको पनि गुणस्तरीय छैन। यही तनावमा छन् शैक्षिक संस्थादेखि अभिभावक र विद्यार्थी।

तर, लुम्बिनी बौद्ध विश्वविद्यालयले भने अभिभावक र विद्यार्थीलाई यो फिक्रीबाट छुटकारा दिएको छ। समस्याको समाधान खोजेर विश्वविद्यालयले स्नातक र स्नातकोत्तरको परीक्षा अनलाइन र अफलाइन(प्रत्यक्ष)बाट धमाधम लिइरहेको छ। कोरोना संक्रमणको त्रासका कारण शैक्षिकसत्र नै डामाडोल भएको बेलामा कसरी सम्भव भयो त परीक्षा?

'डोर टु डोर इक्जाम'

दुई महिनाअघि विश्वविद्यालयका रजिष्टार डा तिलकराम आचार्यको अध्यक्षतामा रहेको परीक्षा समितको बैठक बस्यो। साउन १५ देखि अनलाइनबाटै परीक्षा सुरु गर्ने निर्णय गर्‍यो बैठकले। तर, परीक्षा तोकिएको समयमा हुन सकेन।

इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीले कसरी परीक्षा दिने?

जवाफ थिएन विश्वविद्यालयसँग।

केही सीप नलागेपछि विद्यार्थीबारे अध्ययन गरे। उनीहरु बस्ने भूगोल, इन्टरनेटको पहुँच, कोरोना संक्रमणको जोखिमबारे अध्ययन केन्द्रित थियो। अनलाइनबाट परीक्षा लिन चाहियो- इन्टरनेट।

अध्ययनले देखायो - इन्टरनेट धेरैजसोको पहुँचमा छैन।

अध्ययनको अर्को निष्कर्ष थियो - प्रत्यक्ष परीक्षा दिन नै विद्यार्थी उत्सुक छन्।

त्यसपछि 'डोर टु डोर इक्जाम' मोडलबाट परीक्षा लिन सकिने निष्कर्षमा पुग्यो शिक्षा समिति। जसरी पनि शैक्षिक गतिविधिलाई निरन्तरता दिने पक्षमा थिए रजिष्टार आचार्य पनि।

प्रकाशित मिति: : 2020-09-16 08:35:41

प्रतिकृया दिनुहोस्