हतौडावाली

गोकर्णप्रसाद उपाध्याय 

पहरै पहरा भएको मध्यपहाडी लोकमार्गको मंगलसैन-पञ्चदेवल सडक खण्डमा पर्ने लामकाटा आसपासको एक पहरो।

सदरमुकामबाट टाढाको त्यो पहरो आसपास एकतमासले देउडा संगीतको लहरो गुन्जिरहेको छ।

गाई गयो गोर्‍याट्टी, गाई गऽऽऽयो गोऽऽऽर्‍याट्टी, बऽऽऽल्ल गयो बाटैबाट।

 

डोटीकी छोर्‍याट्टी, डोटीऽऽऽकी छोऽऽऽर्‍याट्टी, अऽऽऽछाम लैजादो भया।

सुनसान ठाउँ भएकाले मोबाइलको ध्वनी परसम्म सुनिँदो छ। उहिलेउहिले बम्बईया 'लाहुर्‍या' ले काँधमा झुन्ड्याएर ल्याउने पानासोनिक टेप 'रिकर्डर' मा क्यासेट घन्काउँदा पनि यी पहराहरूमा नन्दकृष्ण जोशी, यज्ञराज उपाध्यायका देउडा गीतका ध्वनी तरंगहरू यसैगरी ठोक्किँदा हुन्।

प्रकाशित मिति: : 2020-09-15 15:18:53

प्रतिकृया दिनुहोस्