सि.जी.को कुशल स्वास्थ्य असल पर्व दशैं अफर

नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ ।

यस योजना अन्तर्गत सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुलाई सि.जी.का कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३०% सम्मको महा नगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको छ ।

सि.जी.को कुनैपनि एल.ई.डि. टि.भी.को खरिदमा ३०% सम्मको महा नगद छुट र ४३ इन्च र सो देखि माथिका टि.भी.हरुमा निशुल्क जडानको सुविधा रहेको छ।

त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सि.जी.को ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ ।

यसरी नै अरुपनि विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ ।

यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नु हुनेछ । एसिमा भने निशुल्क जडानको योजना रहेको छ ।

यो योजना सि.जी.ले यहि भाद्र २९ गते २०७७ साल देखि नेपाल अधिराज्यभरि सिमित अवधिकालागि मात्र लागू गरिएको जनाएको छ।

सि.जी.ले आफ्नो सम्पूर्ण ग्राहक महानुभावहरुमा कुशल स्वास्थ्यको कामना गर्दै सि.जी.को घरायसी सामाग्रीको खरिदमा आकर्षक छुट र उपहारहरु दिदै यो दशै असल पर्वको रुपमा मनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: : 2020-09-15 12:16:40

प्रतिकृया दिनुहोस्