फेवाताल अतिक्रमण : ९ देखि ३४ अर्बसम्म मुआब्जा प्रस्ताव

संरचना हटाउने तीनथरी प्रस्ताव

पोखरा । फेवातालको ६५ मिटरभित्रका अवैध र अतिक्रमित संरचना गत वर्षको साउन २ गतेभित्रै हटिसक्नुपर्ने हो । सर्वोच्च अदालतले फेवातालको विषयमा स्थानीय र प्रदेश सरकारलाई पूर्णपाठ प्राप्त भएको मितिले ६ महिनाभित्रै ती संरचना हटाउन भनेको थियो । तर, वर्षदिन बितिसक्दा संरचना हट्नु त परै जाओस, संरचना थपिएका छन् । तर, कति थपिए भन्‍ने जानकारी महानगरलाई छैन । कारण, ती क्षेत्रमा महानगरले स्वीकृती दिँदैन, तर महानगरले अवैध संरचना बनाउन रोक्न पनि सकेको छैन ।

संरचना हटाउनुअघि कति संरचना अतिक्रमित छन, कतिको लालपूर्जा छ तर स्वीकृती लिएका छैनन, कतिको लालपूर्जा नै छैन, मुआब्जा दिनुपर्ने व्यक्तिहरु कति छन ? कति क्षेत्रफल जग्गाको मुआब्जा दिनुपर्छ ?

प्रकाशित मिति: : 2020-09-14 23:54:40

प्रतिकृया दिनुहोस्