रणवीर सिंह ५ महिनापछि सुटिङमा फर्किए

अभिनेता रणवीर सिंह ५ महिापछि सुटिङमा पुनः फर्किएका छ्। उनी एउटा विज्ञापनको सुटिङका लागि मुम्बईको फिल्मी स्टुडियोमा फर्किएका हुन्। कोरोनाका कारण विगत ६ महिनादेखि भारतमा फिल्मसम्बन्धि सबै गतिविधि ठप्प छ। 

रणवीरमाथि हालै अभिनेत्री कंगना रनौटले एउटा ठूलो आरोप लगाएकी थिइन। उनीलगायत रणवीर कपुरलाई कंगनाले दिनहुँ ड्रग्स प्रयोग गर्ने अभिनेता भनेकी थिइन। उनीहरूको नार्को टेस्ट गर्न पनि कंगनाले अपील गरेकी थिइन। 

रणवीरकी प्रेमिका दीपिका पादुकोण पनि शनिबार सुटिङका लागि गोवा पुगेकी थिइन। ६ महिनादेखि भारतीय सिनेमा ठप्प हुँदा अर्बो रूपैयाँको घाटा भएको छ।

प्रकाशित मिति: : 2020-09-14 11:41:26

प्रतिकृया दिनुहोस्