इतर समूहविरुद्ध देउवाको तयारी के छ ?

बाह्रखरी

काठमाडौं

केशव सावद

नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म संघीय राजधानी काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन आयोजना गर्ने गरी तिथिमिति तय गरेर महाधिवेशनसम्बन्धी गतिविधिहरु सुरु गरिसकेको छ । यद्यपि, चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिँदा कांग्रेसले महाधिवेशन उन्मुख गतिविधिहरु अपेक्षाकृत ढंगले अघि भने बढाउन सकेको छैन ।

कोरोनाभाइरसको सन्त्रास र भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको ‘लकडाउन’ (बन्दाबन्दी) र निषेधाज्ञाका कारण कांग्रेसले महाधिवेशनका लागि तय गरेको कार्यतालिका प्रभावित भएको छ । कार्यतालिकाअनुरुप पार्टीका आन्तरिक संरचनाहरुको समायोजन र क्रियाशील सदस्यता नवीकरण तथा वितरण गर्न नसकेका कारण पूर्वनिर्धारित मितिमा महाधिवेशन सम्पन्न नहुने निश्चितप्रायः छ ।

प्रकाशित मिति: : 2020-09-13 20:54:52

प्रतिकृया दिनुहोस्