कोरोना भाइरस र हाम्रो शरीरको सूचनातन्त्र

देशसञ्चार

काठमाडाै‌‌‍‌

डा. ललितकुमार मिश्र

कोरोनाको महामारीलाई साक्षेपरुपमा विश्लेषण गर्ने हो भने प्रत्येक व्यक्ति आज सार्स कोरोना भाइरसको प्रभाव क्षेत्रमा छ। यो एक अदृश्य भाइरस (विषाणु) हो, अरु भाइरसजस्तै जो देखिँदैन। यसकारण जीवनको यो संकटको बेला कोरोनासँगको युध्दमा विजयको सम्भावनाका लागि हामीसँग दुईवटा उपाय छन्।

पहिलो उपाय सजगता, सतर्कता र बौध्दिकताले संक्रमणको प्रभावबाट आफूलाई बचाएर राख्न्नु हो। अर्को उपाय हो- आफ्नो शरीरको रोगप्रतिरोधक क्षमता एवं आत्मबललाई यति बलियो बनाऊँ कि कोरोनारुपी शत्रु परास्त होस् तर तपाईँलाई स्पर्ष नगरोस्। यहाँ शत्रुको बारेमा स्पष्ट जानकारी हुनु जरुरी छ कि बिषाणु (भाइरस) सजीव वा निर्जीवबीचको कडी हो अर्थात यो कुनै सजिव कोशिका (सेल) मा नै रहेर सजीवको जस्तै व्यबहार गर्नसक्छ। यिनीहरु धैरै प्रजातिमा विभक्त छन् तर सबै भाइरसको मानिसमा सोझै असर हुँदैन। अधिकांश जनावर र चराचुरिङ्गीहरुबाट मानिसहरुमा सञ्चारित या प्रसारित हुन्छ। अनुकूल ताप वा वातावरणमा यसले आफ्नो संख्या बढाउँछ। यस समयमा रोगको पहिचान गर्ने कुनै प्रकारको लक्षण शरीरमा उत्पन्न हुँदैन। यो समयलाई इन्क्युवेसन पिरियड भनिन्छ। तर जब संख्यात्मक रुपमा यी भाइरसहरुको बृध्दि भइसक्छ, त्यसपछि प्रभावित व्यक्तिमा रोगका लक्षणहरु देखिन थाल्छ।

प्रकाशित मिति: : 2020-09-12 20:13:43

प्रतिकृया दिनुहोस्