‘लाइट भयो भने डे-नाइट गेम गराउन सकिन्छ’

दशरथ घिमिरे

लमही नगर विकास समितिको सुरुमा त फुटवल मैदान बनाउने योजना थियो । तर, पछि त्यो मैदानलाई किक्रेट मैदान बनाउने निर्णय भयो । झार जंगल, ठूला ठूला ढुंगा थियो । त्यो पञ्छ्याउँदै मैदानमा खेलाडी उत्रने थाले ।

नगर विकास समितिले मैदान बनाउन बजेट विनियोजन गर्दै गयो । हरेक वर्ष मैदानले स्वरुप फेर्दै गयो । अहिले अन्तर्राष्ट्रिय किक्रेट प्रतियोगिता गराउन सक्ने क्षमता यो मैदानले राख्छ । तर, अझै किक्रेटसँग जोडिएका माथिल्लो निकायले ध्यान नदिँदा यो मैदानको चर्चा चुलिन बाँकी छ ।

नेपाल–भारतबीच क्रिकेट प्रतियोगिता हुने खबर फैलियो । एउटा टिम पनि भारतबाट आयो । नेपालबाट पनि क्रिकेट टिम बन्यो । दवै टिम मैदानमा उत्रिए । तर, मैदानमा झार जंगल र ढुंगा मात्रै थिए । खेलाडी आफैले ढुंगा, झार जंगल पन्छ्याएर व्याट बल फन्नाउन थाले । दर्शक पनि भुईँमै बसेर क्रिकेटको आनन्द लिन थाले । यसैगरी विभिन्न प्रतियोगिता आयोजना गर्न लमहीको क्रिकेट मैदान अघि बढ्यो ।

प्रकाशित मिति: : 2020-09-12 08:15:28

प्रतिकृया दिनुहोस्