‘कोरोनाकै कारण आत्महत्यादर बढ्यो भन्नु गलत’

रातोपाटी

काठमाडौँ

माया श्रेष्ठ

कोरोनाभाइरस (कोभिड–१९) महामारीसँगै नेपालमा आत्महत्यादर २० देखि ३० प्रतिशतले तथ्यांक प्रकाशमा आएको छ । विभिन्न अध्ययनले नेपालमा आत्महत्यादर बढेको देखाएको हो ।  पाटन अस्पतालका निर्देशक एवं मानसिक रोग विशेषज्ञ डा. रवि शाक्य ६ महिनाको तथ्यांकलाई हेरेकै भरमा कोरोना महामारीका कारण नेपालमा आत्महत्या दर बढेको मान्न नसकिने बताउँछन् ।

एक–एक महिनाको तथ्यांक केलाएर हेर्ने हो भने विगतको तुलनामा कुनै महिना कम संख्यामा आत्महत्या भएको पनि पाइएकाले कोरोना महामारी कै कारण आत्महत्या गर्नेको संख्या बढ्यो भनेर भन्न नमिल्ने उनको भनाइ छ । कोभिड १९ का कारण आत्महत्या गर्नेको संख्या बढ्यो भन्नका लागि तथ्य र प्रमाण थप केलाउनुपर्ने डा. शाक्य बताउँछन् । ‘पछिल्लो समय भएको आत्महत्याका बारेमा गहन अध्ययनपछि मात्र हामी बोल्नुपर्छ,’ उनले भने, ‘तर आत्महत्यादर बढी भएकै देशमा नेपालको गणना हुन्छ ।’

प्रकाशित मिति: : 2020-09-10 20:54:23

प्रतिकृया दिनुहोस्