अकालमै कर्णालीका आमाहरुको जान्छ ज्यान : मन्त्री र सांसदको पावर चले हेलिकोप्टर उड्छ नत्र लामो प्रक्रिया...

पी बी खड्का

भदौको दोस्रो साता दैलेखको ठाँटीकाँध गाउँपालिका–१ की पार्वती शाहीले सोही ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा छोरीलाई जन्म दिइन्। सुत्केरी भएकी उनलाई  उच्च रक्तश्राव हुँदा जिल्लामा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल रिफर गरियो।

प्रदेश अस्पताल सुर्खेतमा ल्याउने तयारी भए पनि सहजै एम्बुलेन्स फेला परेन। एम्बुलेन्स नपाएपछि अन्य सवारी साधनमा राखेर सुर्खेततिर हिँडाइयो। तर, सुर्खेत पुग्न नपाई उनको ज्यान गयो।

यो कर्णालीको एउटा प्रतिनिधि घटना मात्र हो। कति महिलाले शिशु जन्म दिए पछि उच्च रक्तश्रावका कारण ज्यान गुमाउँछन्। समयमै उद्धार गरी अस्पताल पुर्‍याउन नसक्दा शिशुलाई जन्म दिन नसकेरै कति आमा र शिशुकै ज्यान जान्छ।

प्रकाशित मिति: : 2020-09-10 15:04:36

प्रतिकृया दिनुहोस्