कोरोना रोक्न सेना गुहार्दै काठमाडौ‌ं उपत्यकाका मेयर, प्रहरीप्रति किन अविश्वास ?

रातोपाटी

काठमाडौँ

 

शम्भु दंगाल

 दिन प्रतिदिन कोरोनाभाइरस संक्रमित वृद्धि हुन थालेपछि गत भदौ ३ गतेयता काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बुधबार मध्यरातदेखि सकिँदैछ । तीन सातायता लकडाउन जारी गरिएको भएपनि संक्रमण दर घटेको छैन । बरु कोरोना नियन्त्रणका लागि विभिन्न विकल्पमा छलफल हुँदैगर्दा उपत्यका भित्रिने नाकामा सेना परिचालनको समेत आवाज उठ्न थालेको छ । निषेधाज्ञाको ३ साताको अवधिमा उपत्यकाका दैनिक औसतमा ३ सय हाराहारी संक्रमित फेला परिरहेका छन् । 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले गरेको बैठकमा उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आगामी दशैंसम्म निषेधाज्ञा गर्नुपर्ने मत राखेका थिए । यस्तै उपत्यकामा भित्रिने नाकामा नेपाल प्रहरीको स्थानमा नेपाली सेना राख्नुपर्ने पनि उनीहरुको राय थियो । 

प्रकाशित मिति: : 2020-09-09 16:14:34

प्रतिकृया दिनुहोस्