हामीले बच्चाप्रति दर्शाउने प्रेम पर्याप्त छैन। हुन त हरेक अभिभावकले आफ्नो बच्चालाई माया गर्छन्। तर प्रायः आमाबुबाले यो प्रेम देखाउन सक्दैनन। धेरै पटक अभिभावकलाइ थाहा नै हुदैन कि बच्चाप्रति प्रेम कसरी देखाउने ?
जो आमाबुवाले आफ्नो बच्चाहरूलाइ खुलेर माया गर्छन र समर्थन गर्दछन् ती बच्चाहरु अधिक विश्वास र सुरक्षित महसुस गर्दछन्।
तपाईँंले आफ्ना बच्चाहरूलाई प्रेम देखाउनुपर्दछ। जसले गर्दा उनीहरुको स्वभाव अडिग होस् र उनीहरुको आत्मविश्वास बढोस्। यसरी तपाईँको बच्चाको सामाजिक विकास पनि राम्रो हुन्छ।
आज हामी तपाईँंलाई बताउछौं कि मनोविज्ञानको दृष्टिकोणबाट तपाईँ आफ्नो बच्चालाई आफू कसरी उत्कृष्ट अभिभावक भएकाे महसुस गराउनहुन्छ।
उत्कृष्ट अभिभावक हुन यी ४ तरीका अपनाउनुहाेस्:
१. अँगालो हाल्नुहोस्
जब बच्चाहरू सानो हुन्छन् आमाबाबुले बच्चाहरूलाई अँगालो हाल्छन्। तर, जब उनीहरू ठूलाे हुँदै जान्छन् प्राय जसो आमाबुबाले अँगालो हाल्न छोड्छन् केही संकोच र केही अन्य कारणहरूले गर्दा।
तर, अँकमाल गर्नु , स्याबासी दिनु गालामा चुम्बन गर्नु आदि यी सबै कार्यहरूबाट तपाईँं आफ्नो बच्चालाई आफ्नो प्रेम देखाउन सक्नुहुन्छ।
यसो गरेर बच्चाले आफू सुरक्षित छु भन्ने महसुस गर्दछ। धेरै जसो केसहरूमा बच्चाहरूको बानि व्यवहार पनि सुधार गर्न सकिन्छ।
२.कुरा गर्नुहोस्
बच्चाहरूसँग कुरा गर्नु धेरै महत्त्वपूर्ण मानिन्छ। १० देखि १२ वर्षको उमेर पछि बच्चाहरू प्रायः आफ्ना बाबुआमाबाट बिस्तारै टाढिने गर्छन् र साथीहरूसँग मिल्न थाल्छन्।
यसपछि किशोरा अवस्था सुरु हुन्छ। जसमा बच्चाहरूलाई मानसिक र शारिरिक समर्थनको धेरै आवश्यकता हुन्छ। त्यहि भएर बच्चाहसँग कुरा गर्नुहोस् र उनीहरूलाई यो बुझाउन लगाउनुहोस् कि कुनै पनि प्रकारको कुराकानीको उनीहरूले बिना हिचकिचाहट तपाईँसँग भन्न सक्छन र कुराकानी गर्न सक्छन।
३.खेल्नुहोस्
जब बच्चा सानो हुन्छ, आमा बुबा सामान्यतया उनीसँग खेल्छन् र अध्ययनमा पनि मद्दत गर्दछन्।
तर, जब बच्चा ठूलो हुन्छ तब बच्चालाई यसरी समय दिन सक्षम हुँदैनन्। खेल एक यस्तो कार्य हो जसमा भावनाहरू धेरै चाँडो र गहिराइले मिसिन्छन्।
त्यसकारण बच्चाहरू खेल्ने क्रममा एक अर्कासँग धेरै चाँढाे घुलमिल हुन्छन्। तपाईँं पनि आफ्ना बच्चाहरूसँग मिल्नुपर्छ। यसो गरे बच्चाहरू तपाईँंसँग हरेक साना र ठूला समस्या सेयर गर्नबाटपछि हट्दैनन् र उनीहरूको आत्मविश्वास पनि बढ्छ।
४. मौका दिनुहोस्
छनाेट गर्न दिनुको अर्थ यो होइन कि बच्चाले आफूले गर्न चाहेको सबै कुरा गर्न दिनुपर्दछ। बालबालिकालाई गलत कुरा गर्नबाट रोक्नुपर्दछ। तर, कलिलो उमेरदेखि नै बच्चाहरूलाई यस्तो महशुस गराउनुस कि तपाईँं उनीहरू माथि कुनै दवाव दिनुहुने छैन। साथै बालबालिकालाई प्रतिस्पर्धा गर्ने अवसर दिनुहाेस् विशेष गरी अध्ययन, क्यारियर, जीवनसाथी र रुचिहरूमा।
यस तरीकाले तपाईँंले आफ्ना बच्चाहरूलाई महसुस गराउन सक्नुहुन्छ कि तपाईँं उत्कृष्ट अभिभावक हुनुहुन्छ। यसका साथै बच्चाको भित्री प्रतिभा बृद्धि हुनेछ र बच्चाहरु जीवनमा छिटो सफलताको दिशामा पनि अघि बढ्नेछ।