नयाँ खालका ट्वाइलेट बनाउँदा नर्वे पुगेका पोखरेल अहिले फोहोरबाट मोहर कमाउँछन्

राजेश घिमिरे

 

हामी उपभोग्य वस्तुको प्रयोग त गर्छौं तर यसको पूर्ण प्रयोग गर्न जान्दैनौं। चाउचाउ किनेर खान्छौं, यसको खोल ठाउँको ठाउँ फालिदिन्छौं। चामल किन्छौं, सकिएपछि बोरा यत्रतत्र छाडिदिन्छौं। किनकी हामी यसलाई बेकारको ठान्छौं।

हामीलाई अण्डाको महत्व थाहा छ, त्यसको बोक्राको महत्व थाहा छैन। त्यसैले त हामी जता पनि फालिदिन्छौं।

हाम्रा राजमार्ग, सडक, गल्ली उपभोग्य वस्तुका खोलले कुरूप छन्, भान्साबाट निस्कने फोहोरसमेत व्यवस्थापन गर्न नसक्दा नदी दुर्गन्धित बनेका छन्। फोहोर व्यवस्थापन सरकारको टाउको दुखाइको विषय बनेको छ। 

पृथ्वी राजमार्गको चुम्लिङटारका श्रीरेन्द्रप्रकाश पोखरेल भने यिनै फोहोरमा ‘मोहोर’ देख्छन्।

प्रकाशित मिति: : 2020-09-09 12:23:47

प्रतिकृया दिनुहोस्