२००७ सालदेखि एउटै प्रश्न, सरकार कसले चलाउने ?

बाह्रखरी

काठमाडाैं

पार्टी एकता संयोजन समिति निर्माण हुँदा नै प्रधानमन्त्री र एकीकृत पार्टीको नेतृत्व सम्बन्धमा भएको समझदारी बमोजिम तत्कालीन नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने कुरा दुवै पार्टीका कार्यकर्ताहरूले बुझिसकेका थिए । त्यसो भए तापनि पार्टीको सर्वोच्चता स्थापित गर्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उमेदवार बनाउन पार्टीको संस्थागत निर्णय हुनुपर्दथ्यो ।

तर, हतार–हतार ससंदीय दलको नेता मनोनीत गराइयो र त्यसै दिन साँझ प्रधानमन्त्रीको शपथ दिलाइयो । त्यसबेला पार्टी कमिटीको बैठक बोलाई विधिवत् निर्णय गराउने आवश्यकता पार्टी अध्यक्षले महसुस गर्नुभएन । प्रधानमन्त्रीले शपथ गरेकै दिन २ जना मन्त्रीहरूलाई पनि शपथ गराइयो । तर, त्यसका निम्ति पनि पार्टीमा निर्णय गर्ने आवश्यकता देखिएन । त्यसपछि विभिन्न चरणमा मन्त्रिपरिषद्मा मन्त्रीहरू थप्दै २३ जना पुर्‍याइयो ।

प्रकाशित मिति: : 2020-09-08 22:25:10

प्रतिकृया दिनुहोस्