कोरोना कहरका सात महिनाः सरकारले अझै भेटेन प्रभावकारी रणनीति, 'भरोसा लकडाउन र निषेधाज्ञा'

पहिलोपोष्ट

काठमाडौँ

 प्रकाश भण्डारी

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल फागुन १८ मा आफ्नो दलबलसहित मन्त्रालयको हलमा उपस्थित भए। उद्देश्य थियो -सय दिनका कामको प्रचार गर्ने।

खचाखच भरिएका पत्रकारहरुको ध्यान उनले के गरे भन्दा पनि अब के गर्लान् भन्नेमा थियो। विश्वभर कोरोना महामारी फैलिरहँदा नेपाल सुरुवाती चरणमा थियो।

प्रगति विवरण सुनाउँदै गर्दा उनलाई कोरोनाबारे बोल्नै पर्ने थियो। किनकी नेपालमा एक जनामा माघमै संक्रमण देखिएको थिए। कामको प्रचारमा समय खर्चिएका ढकालले भाषणको अन्तिमतिर यस्तो अभिव्यक्ति दिए, 'भारत चीनको तयारीले नेपालमा त्यति जोखिम नहोल'। अभिव्यक्तिले नै इंगित गरेको थियो महामारी रोकथामबारे सरकारको कुनै योजना छैन। ढकालले यस्तो अभिव्यक्ति दिइरहँदा विश्वका धेरै देशले लकडाउन गरिसकेका थिए।

चीनमा संक्रमित बढिरहँदा भारत कसरी भाइरस रोक्ने भन्दै लागिपरेको थियो। धेरैको आशा थियो -नेपालमा पनि अब लकडाउनको विकल्प छैन।

प्रकाशित मिति: : 2020-09-07 21:43:44

प्रतिकृया दिनुहोस्