हट्यो जग्गाको कित्ता काटमा लागेको प्रतिबन्ध, यस्तो छ मन्त्रालयको सूचना

सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको छ ।

शुक्रवारदेखि लागू हुने गरि भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्दै जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गरेर जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।

३ वर्ष अगाडि भूमि सुधार मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएको थियो ।

मन्त्रालयले एक सूचना जारी गर्दै यसको बारेमा जानकारुी गराएको हो ।

प्रकाशित मिति: : 2020-09-07 13:38:31

प्रतिकृया दिनुहोस्