जोकोभिच युएस ओपन खेल्न अयोग्य !

नोभाक जोकोभिच। तस्वीर: युएस ओपन

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपनको प्रिक्वाटर फाइनलबाट अयोग्य घोषित भएका छन्। 

उनले रिसको सुरमा कोर्टमा उभिएकी महिला अधिकारीलाई बलले हिर्काएपछि युएस ओपनको नियम अनुसार अयोग्य घोषित भएका थिए।

आइतबार उनी स्पेनका पबेले केरेनो बस्टोसँग पहिलो सेटमा ५–६ ले पछाडि थिए। उनले हानेको बल महिला अधिकारीको घाँटीमा लागेको थियो। 

उनलाई स्वास लिन अफ्ठेरो भएपछि अस्पताल लगिएको थियो। जोकोभिच महिला अधिकारीलाई बलले लागेपछि भूइँमा लडेको अवस्थामा हेर्न गएका थिए। 

यो घटनापछि म्याच रेफ्रीले आपसमा सल्लाह गरेका थिए। र, नियमको आधारमा उनलाई अयोग्य सावित गरियो।
 

प्रकाशित मिति: : 2020-09-07 08:37:17

प्रतिकृया दिनुहोस्