रोगलाई जित्न देश फर्किएकाहरू भोकसँग हारेर फर्कँदैछन् मुगलान

एम बम

धनगढी उपमहानगरपालिका ९ का श्यामबहादुर कठायत जेठ अन्तिममा नेपाल फर्किए, भारतको गुजरातबाट। त्यहाँ कोरोना भाइरसको संक्रमण चुलियो। त्रास बढ्यो। बिरानो सहरमा रोगसँग जुँध्नुको विकल्प देश फर्कनु मात्र थियो। सोचेका थिए – अब सानै सही देशमै केही गर्छु। पेट पाल्न पुगे विदेश फर्कन्न।

नेपालमा परिवार थियो। साथीभाइ थिए। खुशी हुने बहाना पाए। केही समय रमाएका पनि हुन्। आफ्नो ठाउँमा पनि रोगको त्रास नभएको कहाँ हो र? तर, रोगसँगभन्दा संघर्षपूर्ण रह्यो भोकसँगको लडाई।

प्रकाशित मिति: : 2020-09-07 07:42:51

प्रतिकृया दिनुहोस्