सेरेना युएस ओपन टेनिसको अन्तिम १६ मा

कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्ड सलाम उपाधिको खोजीमा रहेकी अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छन्।

आइतबार बिहान सकिएको खेलमा अर्की अमेरिकी खेलाडी स्लोन स्टिफन्सलाई पराजित गर्दै उनले प्रि–क्वाटरफाइनलमा स्थान बनाएकी हुन्।

तेस्रो बरियताकी ३८ वर्षे विलियम्सले २६ औँ बरियताकी स्लोनलाई २–६, ६–२ र ६–२ को सेटमा पराजित गरेकी हुन्।

विलियम्सले अन्तिम १६ मा १५ औँ बरियताकी ग्रिक खेलाडी मारिया साकारीको सामना गर्ने छिन्।

प्रकाशित मिति: : 2020-09-06 08:12:43

प्रतिकृया दिनुहोस्