पाकिस्तानी सेनाको गोलीबारीमा भारतीय सेनाको मृत्यु

एजेन्सी

कास्मिर

शनिबार उत्तरी काश्मिरमा पाकिस्तानले गरेको गोलबारी एक भारतीय सैनिक मारिएका छन् । उत्तरी काश्मिरको नौगाम सेक्टर र पुन्छ जिल्लाको कसबा सेक्टर शाहपुर किरानीमा अवस्थित नियन्त्रण रेखामा भीषण गोलीबारी भएको थियो । नौगाममा एक भारतीय सैनिक मारिएका हुन् । गोलबारीमा अन्य २ सैनिक घाइते भएका छन् । मारिने सैनिक भुपेन्द्र सिंह हुन् । घाइते हुनेमा एक लेसनायक र अर्का एक सिपाही रहेका छन् ।

भारतीय सञ्चारमाध्यामहरुका अनुसार पाकिस्तानी सेनाका १० बलोच बटालियनहरुले बिहान करिब ९ बजे शाहपुर किरानी र कसबा सेक्टरमा भारतीय सेनाको चौकीसहति आवासीय क्षेत्रमा मोर्टार प्रहार गर्न सुरु गरेका थिए ।  त्यसलगत्तै भारतीय सेनाले प्रतिकार गरेको थियो । भारतीय सेनाले प्रतिकार सुरु गरेलगत्तै पाकिस्तानी सैनिकले नियन्त्रण रेखा वरिपरि गोलीबारीको दायरा बढाएका थिए ।

प्रकाशित मिति: : 2020-09-05 23:14:16

प्रतिकृया दिनुहोस्