'फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन'

सेतोपाटी

जनकपुरधाम

नेहा झा

महोत्तरीको जलेश्वर नगरपालिका-९ परकौलीका ३४ वर्षीय लक्ष्मण यादवलाई अचेल घर जानै मन लाग्दैन।

लकडाउन सुरू हुनुभन्दा अगाडि उनलाई काम सकेर गाउँ जान हतार हुन्थ्यो। वीरगन्जबाट जनकपुरधाम आउनेबित्तिकै जलेश्वर जाने बस चढ्थे र घर जान्थे।

पहिले-पहिले उनी घर जाँदा लक्ष्मणको घरमा ८ वर्षकी छोरी र १० वर्षका छोरा उनको अगाडि-पछाडि गर्न सुरू गर्थे। उनी पनि छोराछोरीका लागि कमाएर आउँदा केही न केही लिएरै जाने गर्थे।

लकडाउन सकिएको डेढ महिना हुन थाल्यो भयो। उनी घरै गएका छैनन्।

प्रकाशित मिति: : 2020-09-04 15:13:38

प्रतिकृया दिनुहोस्