साउदी अरेबियाले इजरायल र युनाइटेड अरब इमिरेट्सलाई अफ्नो आकाशबाट हवाई उड्डयन गर्न दिने भएको छ । सो विषयमा इजरायल र युनाइटेड अरब इमिरेट्स्सँग साउदी अरेबियाले सहमति जनाएको बताइएको छ । इजरायलको टाइम्स पत्रिकाले सउदी अरेबियाको समाचार समितिलाई उद्धृत गर्दै दिएको समाचारमा सो कुरा उल्लेख गरिएको छ ।
एजेन्सी । साउदी अरेबियाले इजरायल र युनाइटेड अरब इमिरेट्सलाई अफ्नो आकाशबाट हवाई उड्डयन गर्न दिने भएको छ । सो विषयमा इजरायल र युनाइटेड अरब इमिरेट्स्सँग साउदी अरेबियाले सहमति जनाएको बताइएको छ । इजरायलको टाइम्स पत्रिकाले सउदी अरेबियाको समाचार समितिलाई उद्धृत गर्दै दिएको समाचारमा सो कुरा उल्लेख गरिएको छ ।
गत महिना मात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युनाइटेड अरब इमिरेट्स् र इजरायलले आगामी केही समयभित्र नै साउदी अरेबियासँगको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको धारणा सार्वजनिक गरेका थिए । यस विषयमा अर्थात् यी तीन देशको सम्बन्धको सुधारका पक्षमा अमेरिकाको मध्यस्थतामा युनाइटेड अरब इमिरेट्स्, इजरायल र साउदी अरेबियाबीच गएको अगष्ट १३ मा एक सहमति भएको थियो ।
सोही सहमति पत्रमा हस्ताक्षर भए बमोजिम नै साउदी अरेबियाले यो निर्णय बिहीबार गरेको बताइएको छ । ती तीन देशले संयुक्त रुपमा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ कि यो सहमति ती ३ तीन देशकाबीचमा भएको छ र यो एक साहसिक निर्णय हो । साथै यस संयुक्त विज्ञप्तिमा यो साहसिक निर्णयले मध्यपूर्वको विकास, सम्मृद्धिका साथै यहाँको स्थायित्वका लागि पनि निकै नै सकारात्मक प्रभाव पार्नसक्ने धारणा उल्लेख गरिएको छ ।