दुई पत्रकार साथीहरुको कोरोना संक्रमण अनुभव, ‘कोरोनाले हैन, समाजको छिछि र दुरदुरले गलायो’

देशसञ्चार

काठमाडौँ

सुजाता खत्री 

हेटौँडाकी पत्रकार निशा गुरुङलाई एकाएक ज्वरो आयो, वाकवाकी लाग्यो अनि एलर्जी भयो । उनले खानाको स्वाद ठ्याक्कै थाहा पाउन छोडिन् ।

अरु बेलाको सामान्य ज्वरोका यी लक्षण अहिलेको समयमा कोरोना संक्रमणको लक्षण थिए, निशाको पीसीआर परीक्षण भयो, उनलाई कोरोना पोजेटिभ देखायो ।

कसरी त?

सम्झन थालिन्, उनकी साथी कुमारी स्याङ्बो कोरोना पोजेटिभ भएर आइसोलेशनमा बसेर उपचार गराइरहेकी थिइन्। कुमारीलाई सञ्चो नहुँदा निशाले नै सहयोग गरेकी थिइन्।

‘कुमारीलाई उपचारका लागि अस्पताल, पीसीआर परीक्षण गर्न मैले नै लेगेकी थिएँ, पहिलो रिपोर्ट नेगेटिभ आएपछि सँगै खाजा खाएका थियौँ। दोस्रो पल्टको परीक्षणको लागि पनि मैले नै लगेको थिएँ, अनि आइसोलेशन सेन्टरमा जाँदा पनि भेटेको थिएँ,’ गुरुङले भनिन्, ‘उबाट नै मलाई सरेको अनुमान गरेँ।’

प्रकाशित मिति: : 2020-09-03 18:18:37

प्रतिकृया दिनुहोस्