कोभिड अस्पताल बनाइने वीरका नर्स र कर्मचारी नै जोखिममा !

सेतोपाटी

काठमाडौँ

सबिना श्रेष्ठ

मंगलबार वीर अस्पतालका नर्ससहित १३ जना कर्मचारीलाई कोरोना भाइरसको पुष्टि भयो। त्योसँगै अस्पतालमा संक्रमित संख्या ७१ पुग्यो।

ठूलो संख्यामा संक्रमित देखिएपछि अस्पतालले दुई दिनका लागि ओपिडी सेवा बन्द गरेको छ। बुधबार थप दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संख्या १५ पुगेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए।

उपत्यकाका अन्य अस्पतालको तुलनामा वीरमा नर्स र कर्मचारीमा संक्रमण धेरै छ। यस्तो हुनुमा केही कर्मचारीले अस्पतालकै लापरबाही भएको बताएका छन्।

एक नर्सले त सामाजिक सञ्जालमार्फतै अस्पताललाई गुनासो पोखेकी थिइन्। हामीले उनलाई पछ्याएका थियौं। नाम उल्लेख नगर्ने सर्तमा उनी हामीसँग कुरा गर्न तयार भइन्।

प्रकाशित मिति: : 2020-09-03 18:01:15

प्रतिकृया दिनुहोस्