बृद्ध र दीर्घरोगीलाई होम आइसोलेसनमा राख्नु घातक

अनलाइनखबर

काठमाडौँ

सागर बुढाथोकी

घटना १ : होम आइसोलेसनमा बसेका काठमाडौं-१ नक्सालका ८९ वर्षीया महिलाको मंगलबार निधन भयो । १३ भदौमा संक्रमण पुष्टि भएका उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

घटना २ : भदौ १४ गते होम आइसोलेसनमै बसेका बेला भक्तपुर-१ का ६५ वर्षीय पुरुषको मृत्यु भयो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए, हात काम्ने समस्या कारण आफैं खाना खान नसक्ने भएकाले परिवारका सदस्यहरुले उनलाई होम आइसोलेसनमा राखेका थिए । राति सकुशल सुतेका उनी बिहान उठ्दा मृत भेटिए ।

प्रकाशित मिति: : 2020-09-03 07:32:49

प्रतिकृया दिनुहोस्