परीक्षाबारे के गर्दैछन् विश्वविद्यालयहरु? केही 'पर्ख र हेर'को अवस्थामा, केहीले बढाए प्रकृया

पहिलोपोष्ट

काठमाडौँ

मुकुन्द घिमिरे'

कोभिड १९ को महामारी चलिरहँदा परीक्षा र कक्षा सञ्चालनबारे विद्यालयतहदेखि विश्वविद्यालय तहसम्म बहस चलिरहेको छ। यस्तोमा भर्चुअल माध्यमबाट सिकाइ केही अघि बढे पनि परीक्षा भने अझै अन्योलमा छ। देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यलले भदौ महिनामा स्थगित परीक्षा सञ्चालनको तयारी अघि बढाए पनि दशैं अघि सम्भव नहुने देखेर पछि हटिसकेको छ। पदधिकारीविहीन पोखरा विश्वविद्यालयको अवस्था पनि उही छ।

नेपाल संस्कृत विश्वविद्यालयले पनि कोरोना महामारीका कारण अर्को सूचना जारी नगरुन्जेलका लागि परीक्षा स्थगित गरिएको भनेर भदौ १२ गते नै सूचना निकालेर आनन्दले बसेको छ।

‘कोभिड १९ को संक्रमण कम भइ जिल्ला जिल्लामा यातायातको सहज स्थिति हुनसाथ भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गरिने अवस्था रहेमा स्थगित परीक्षाको कार्यक्रम प्रकाशन गरी परीक्षा सञ्चालन गरिने हुँदा परीक्षा फाराम भरेका विद्यार्थीहरु आआफ्नो विद्यापीठमा सम्पर्कमा रहिरहन र विश्वविद्यालय मातहतका विद्यापीठहरुले पनि विद्यार्थीहरुलाई सम्पर्कमा राखिरहन सूचित गरिन्छ,’ नेपाल संस्कृत विश्वविद्यालयको पछिल्लो सूचनामा भनिएको छ।

यता काठमाडौं विश्वविद्यालयले भने भर्चुअल कक्षा र परीक्षामा सुरुबाटै मिलाएर अघि बढेको देखिन्छ।

प्रकाशित मिति: : 2020-09-02 07:19:36

प्रतिकृया दिनुहोस्