शानदार पुनरागमन जितसहित मूरे दोस्रो चरणमा प्रवेश

बेलायती एण्डी मूरे युएस ओपन टेनिसमा शानदार पुनरागमन जितसहित दोस्रो चरणमा प्रवेश गरेका छन्।

३३ वर्षीय मूरेले टेनिसको एकल स्पर्धामा योशिहितो निशिओकालार्य पराजित गरेका हुन्।

मूरे सुरुका दुई सेटमा पछि परे पनि त्यसपछि पुनरागमन गर्न सफल भए। उनले निशिओकासँगको खेलमा ४–६, ४–६, ७–६ (७–५, ७–६ (७–४) र ६–४ को सेटमा जित निकाले।

मूरे दोस्रो चरणमा १५ औँ बरियताका क्यानडियन खेलाडी फिलिक्स अगेर–एलिएसिमीसँग प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति: : 2020-09-02 06:36:20

प्रतिकृया दिनुहोस्