सेरेना विलियम्सले जितबाट सुरु गरिन् युएस ओपनकाे यात्रा

अमेरिकी सेरेना विलियम्सले युएस ओपन टेनिसको पहिलो चरणको खेलको सुरुवात जितबाट गरेकी छन्।

बुधबार बिहान सम्पन्न महिला एकल तर्फको पहिलो चरणको खेलमा सेरेनाले अर्की अमेरिकी खेलाडी क्रिष्टी आनलाई पराजित गरेकी हुन्।

३८ वर्षीय विलियम्सले आनलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरेकी हुन्। सेरेना ग्राण्डसलाम उपाधिमा मार्गरिट कोर्टले बनाएको कीर्तिमानमा बराबरी गर्ने होडमा छिन्।

प्रकाशित मिति: : 2020-09-02 06:22:56

प्रतिकृया दिनुहोस्