सन्दीप सम्मिलित जमैका तलावाजकाे चौथो हार

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्पिन सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले चौथो हार बेहोरेको छ।

मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो।

 जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको जमैका निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनायो। जमैका आन्द्रे रसेल २३ बलमा ५ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन्। कार्लोस ब्रेथवेट १६ बलमा २ चौका र १ छकका सहित २१ रनमा अविजित रहे।

ग्लेन फिलिप्स ३१ बलमा १ चौका र २ छक्का सहित ४१ रनको योगदान दिए। आसिफ अली ७ र कप्तान रोभमान पवेल २ रनमा आउट भए। राइडर्सका फवाद अहमदले सर्वाधिक २ विकेट लिए। खारी पियरे, अकील हुसेन, सुनिल नारायण र ड्वेन ब्राभोले समान १(१ विकेट लिए।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो। 


नाइट राइडर्सलाई बलियो योगफमा पुर्याउन कोलिन मुनरोले ५४ बलमा १० चौका र १ छक्का सहित ६५ रनको योगदान दिए। कप्तान काइरन पोलार्ड १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनमा अविजित रहे। 

राइडर्सलाई ओपनर सुनिल नारायणले ११ बलमा ५ चौका र १ छक्का सहित २९ रन जोड्दै आक्रामक सुरुवात दिलाए। लेन्डल सिमन्सले २५ रन बनाए। सिमन्सले २८ बलमा २ छक्का प्रहार गरे। मुनरोले ३३ रन जोडे। 

 सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। फिडेल एडवार्ड्सले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए। कार्लोस ब्रेथवेटले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए।

मुजिबले ४ ओभरमा २६ रन खर्चिदा विकेट लिन सकेनन्। 

जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकालेको छ। शीर्ष स्थानमा रहेको नाइट राइडर्सले ७ खेलमा १४ अंक जोडेको छ।

जमैका ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-09-02 06:06:57

प्रतिकृया दिनुहोस्