किताब पढेको सबैले सुन्नुभएको र पढ्नु पनि भएको छ तर एउटा किताब पढेकै भरमा ३५ लाख खर्च गरेर बेलायत पुगेका एक व्यक्तिलाई नेपाल फर्काएको पक्कै पनि सुन्नुभएको छैन होला ।
बेलायतमा विलासितापूर्ण जीवन बिताउन हिँडेका स्याङ्जाका कृष्णजंग केसी बेलायतमा नै सुविधासम्पन्न जीवन बिताउने सपना देख्थे । त्यसैले नेपालबाट ३५ लाख रुपैयाँ खर्च गरेर उनी बेलायत पुगे ।
त्यहाँको विकसित जीवनशैली, विलासितापूर्ण जीवन देखेर मख्ख परेका उनले एउटा किताब पढेकै भरमा सबै छोडेर नेपाल फर्कन्छु भन्ने पक्कै पनि सोचेका थिएनन् ।
कृष्ण भन्छन्, ‘एक जना मित्रले कर्ण शाक्यको ‘सोच’ किताब पढ्न दिनुभयो । किताब पढेपछि बेलायत आएको प्रति आफैँमा हीनता बोध हुन थाल्यो, नेपालमै केही गर्छु भन्ने हेतुले नयाँ योजना बनाउन थालेँ । अन्ततः त्यही किताबले नै मलाई नेपाल फर्कायो ।’