धमाधम कोरोना संक्रमित हुँदै खेलाडी, बीमा समेत नहुँदा झन् बढ्यो चिन्ता 

हिमाल खबर

काठमाडौँ

निरञ्जन राजवंशी
राष्ट्रिय टोलीको प्रशिक्षण शुरु गर्नका लागि गरिएको परीक्षणमा केही दिन पहिले एक जना फूटबल खेलाडीमा कोरोनाभाइरस संक्रमण देखियो। त्यसभन्दा पहिले नै स्क्वासका प्रशिक्षक हीरा थापालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको थियो। 

विस्तारै यो संख्या बढ्दै गएको छ। अहिले खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी समेत गरेर कम्तीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध खेलाडीदेखि नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसम्म छन्।  

राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरुमा एकपछि अर्कोमा संक्रमण देखिन थालेपछि आफ्नो स्वास्थ्य र सुरक्षामा चासो नदिइएको भन्दै खेलाडीहरु असन्तुष्ट बनेका छन्। खेलाडीको कोरोना बीमा गरिदिनुपर्ने आवाज जोडतोडले उठ्न थालेको छ। कम्तीमा राष्ट्रिय जर्सी लगाएर मैदानमा उत्रने खेलाडीका निम्ति कोरोना बीमा अनिवार्य गरेर मनोबल खस्कन नदिन पहल गर्नुपर्ने माग खेलाडीहरुले गरिरहेका छन्। 
 

प्रकाशित मिति: : 2020-09-01 16:54:55

प्रतिकृया दिनुहोस्