बढी लिन थालियो ‘डिस्क्रिपेन्सी चार्ज’, गल्ती खोज्न कर्मचारी नै खटाउँछन् बैंक

क्यापिटल

काठमाडौँ

चालू आर्थिक वर्षमा नाफा धेरै घट्ने देखिएपछि बैंकहरुले कानूनी छिद्र प्रयोग गरेर अस्वभाविक शुल्क लिन थालेका छन । नेपाल राष्ट्र बैंक  निर्देशनलाई गलत ढंगले प्रयोग गरेर बैंकले सामान आयातकर्ताबाट बढी शुल्क लिन थालेको पाइएको हो । 

अहिले अधिकांश बैंकले विदेशबाट सामान मगाउँदा बैंकलाई बुझाउने डकुमेन्टमा कुनै न कुनै गल्ती खोज्ने र त्यसबापत चर्को शुल्क लिन थालेको आयातकर्ताहरुले बताएका छन् । 

‘हामीले भारतबाट सामान मगाउँछौ, त्योसँगै एउटा डकुमेन्ट पनि आएको हुन्छ । त्यो डकुमेन्ट बैंकमा बुझाएपछि त्यहाँ केही न केही गत्ली पत्ता लगाएर आयातकर्तासँग मनोमानी रुपमा शुल्क लिने गरिएको छ, जसलाई ‘डिस्क्रिपेन्सी चार्ज’ भनिन्छ,’ ती आयातकर्ताले क्यापिटल नेपालसँग भने, ‘डिस्क्रिपेन्सी चार्ज अहिले बैंकलाई कमाउने माध्यम भएको छ ।’ 

सामान्य भन्दा सामान्य गल्ती देखियो भने पनि बैंकले आफूखुसी चार्ज लिन थालेका छन । चाहे मूल्य अभिवृद्धि कर (भ्याट) होस्, चाहे प्याकिङ लिस्ट होस् वा अन्य कुनै डकुमेन्ट होस् । त्यो डकुमेन्टमा सामान्य गल्ती हुन सक्छ । फुलिस्टप वा कमा छुट्न सक्छ । टाइपिङ इरर हुन सक्छ’ ती आयातकर्ताले भने, ‘तर, बैंकले त्यही गल्ती समातेर प्रति शब्द ५०० देखि ४ हजार रुपैयाँसम्म जरिवाना लिइरहेका छन् ।’ 

प्रकाशित मिति: : 2020-09-01 14:47:17

प्रतिकृया दिनुहोस्