सावधान ! हतारमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँछ

रातोपाटी

काठमाडौँ

 

माया श्रेष्ठ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सःशुल्क कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएसँगै प्रयोगशालाहरूमा परीक्षण गराउनेको भीड लाग्न थालेको छ । आशंका लाग्नासाथ कोरोना परीक्षण गराइहाल्नु पर्छ कि पर्दैन भन्नबारे सर्वसाधारणमा अन्योल नै छ । निरोगिताको प्रमाणपत्र आवश्यक पर्नेहरु भने पीसीआर परीक्षण गर्नैपर्ने अवस्थामा छन् । परीक्षण गराउनेको चाप बढेसँगै पछिल्लो समय भनसुन गरेर हतार–हतार परीक्षण गराएको पनि पाइन्छ । यसरी परीक्षण गर्नु कति उचित हो ? संक्रमितको सम्पर्कमा आएकाले तुरुन्तै स्वाब परीक्षण गर्न हुन्छ कि हुँदैन ? एक पटक कोरोना संक्रमण भएर निको भएपछि पुनः संक्रमण हुन्छ कि हुँदैन ? पीसीआर परीक्षणले शत प्रतिशत सही नतिजा दिन्छ कि दिँदैन ? आदि बारेमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी –

संक्रमितको सम्पर्कमा आएको आशंका गर्नेबित्तिकै स्वाब परीक्षण गराइहाल्नु पर्छ ? स्वाब परीक्षण कुन अवस्थामा गराउनुपर्ने हो ? 
कोरोना संक्रमितको सम्पर्कमा आउनेबिबिकै पीसीआर परीक्षण गर्नु हुँदैन, सम्पर्कमा आउनेबित्तिकै परीक्षण गर्दा नतिजा सही नआउन सक्छ । संक्रमितको सम्पर्कमा आएको ५÷७ दिनपछि मात्रै पीसीआर परीक्षण गरेमा सही नतिजा आउँछ । संक्रमण भएको आशंका गरेको दिनदेखि ५÷७ दिनपछि स्वाबको परीक्षण गर्दा राम्रो हुन्छ ।

प्रकाशित मिति: : 2020-08-31 16:17:33

प्रतिकृया दिनुहोस्