होम स्कुलिङ : बालबच्चालाई घरमै लेखपढ, बुवाआमा शिक्षक

अनलाइनखबर

काठमाडौँ

 कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिनादेखि शिक्षण संस्थामा पठनपाठन हुन सकिरहेको छैन । स्कुल नखुल्दा विद्यार्थीहरू लगामविहीन घोडा जस्तै खुल्ला भएका छन् । धेरै अभिभावकको गुनासो आफ्नो बच्चाले घरमा पुस्तक पनि हेरेन भनेर सुन्न सकिन्छ ।

कतिपयले बच्चालाई पढाइमा ध्यान दिनको लागि अनलाइन कक्षामा जोड्ने गरेका छन् भने कतिपय शिक्षित अभिभावकहरू भिन्न तरिकाले बच्चालाई घरमै पढाउन पनि सुरु गरेका छन् । यो लामो समयको शैक्षिक संस्थामा भएको बन्दका कारण होम स्कुलिङको अवधारणाले पनि विश्वमा फेरि बहसको अवसर पाएको छ ।

महात्मा गान्धीले भनेका थिए, एउटा असल संस्कार भएको घरभन्दा ठूलो विद्यालय हुनै सक्दैन । एउटा सदाचारी आमाबुबाभन्दा ठूलो प्रशिक्षक कोही हुनै सक्दैन । उनको यही भनाइलाई मिल्दोजुल्दो गरी मार्क ट्वीनजस्ता चर्चित लेखकले समेत लेखेका छन् ‘मैले कहिलै पनि स्कूललाई मेरो र मेरो शिक्षाको बीचमा आउन दिइन ।’

यस्ता धेरै अभिभावक र शिक्षा क्षेत्रका जानकारहरू छन् उनीहरू घरमा पठनपाठन गराउनु नै विद्यालय पठाउनुभन्दा उचित ठान्छन् । तर यसको लागि घरमा पनि फुर्सदिला र शिक्षित अभिभावक भने हुनु आवश्यक छ ।

प्रकाशित मिति: : 2020-08-31 14:29:04

प्रतिकृया दिनुहोस्