फैलिँदै फुड बैंक : दिनेलाई सन्तोष, लिनेलाई सम्मान

अनलाइनखबर

काठमाडौँ

नवीन ढुंगाना

 

कोरोनाका कारण चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै देशैभर राहत वितरणको लहर नै आयो । लकडाउनबाट प्रभावितहरुलाई विभिन्न खाद्य सामग्री बाँड्न मनकारीबीच तँछाड-मछाड चल्यो ।

तत्कालीन समयमा सरकारी निकायदेखि निजी तथा गैरसरकारी संघ संस्थाहरुले देशैभर राहत वितरण गर्ने अभियान चलाएका थिए । तर, यो क्रम धेरै समय टिक्न सकेन । टिकोस् पनि कसरी, लकडाउन नै चार महिनासम्म लम्बिएपछि । सुरुवाती समयमा राहत बाँडिरहेकाहरु अहिले आफैं राहत थाप्नुपर्ने अवस्थामा पुगेका छन् ।

जतिबेला देशमा कोरोना नभएर त्रास मात्रै थियो, राहत र सहयोगको अभियान ब्यापक भयो । तर, देश साँचिक्कै कोरोना कहरमा परेका बेला भने अहिले राहत वितरणको कुनै चहल पहल छैन । बरु, एउटा अभियानले व्यापकता पाउन थालेको छ, जुन दिनेका लागि सुविधा र सन्तोषजनक र लिनेका लागि सम्मानजनक छ ।

फुड बैंक एउटा अभियान हो। र, यसको मूल नारा छ-  हुनेले दिएर जाऔं, नहुनेले लिएर  ।

दोस्रो चरणको निषेधाज्ञाको दोस्रो हप्ता चल्दै गर्दा देशका विभिन्न ठाउँमा जनस्तरबाट सञ्चालनमा आएको फुड बैंकबारे सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । हुनेले दिने र नहुनेले लिने फुड बैंकको अवधारणा हो ।

प्रकाशित मिति: : 2020-08-30 18:33:50

प्रतिकृया दिनुहोस्