जागिर खाने ठाउँ मात्रै बन्यो प्रतिष्ठान

बाह्रखरी

काठमाडौँ

सुनील मिश्र/रंगकर्मी (मिनाप)

सुनील मिश्र पुराना रंगकर्मी हुन् । उनी जनकपुरको प्रसिद्ध नाट्य संस्था ‘मिथिला नाट्य कला परिषद्’ (मिनाप) सँग आबद्ध छन् । २०५२ देखि ०६५ सालसम्म उनी मिनापको अध्यक्षको जिम्मेवारीमा रहे । त्यसपछि नयाँ पुस्तामा संस्थाको बागडोर जानुपर्छ भन्दै उनले युवा रंगकर्मीहरूलाई मिनापको नेतृत्व सुम्पिए । तथापि उनको रंगकर्म सक्रियता यथावत् छ । करिब आठ वर्षअघि मुटुको समस्याले गर्दा उनले विशेष दौडधूपको काम र टाढाटाढासम्म गएर नाटकमा अभिनय गर्न छोडेका छन् । नभए उनी मञ्चमा गरिने नाटक होस् वा सडक नाटक, टेलिफिल्म होस् वा ठूलो पर्दाका फिल्म, अभिनयमा डुब्न रुचाउने उनले भ्याएसम्मका काम गर्दै आएका थिए । करिब २०/२२ वटा नाटकमा काम गरेका सुनीलले सयौँ शो गरेका छन् । सीता, अवतार, सीमाना, हाइवेलगायत फिल्ममा काम गरेका उनले कैयन् नेपाली र मैथिली टेलिसिरियलहरूमा समेत काम गरेका छन् । जनकपुरमै रहेका मिश्रसँग केही दिनअघि टेलिफोनमा लामो कुराकानी भएको थियो । प्रस्तुत छ, रंगकर्मी मिश्रसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानी । 

प्रकाशित मिति: : 2020-08-29 07:55:59

प्रतिकृया दिनुहोस्