कुलमानप्रति प्रधानमन्त्रीको असन्तुष्टि र आम नागरिकको प्रतिक्रिया

देशसञ्चार

काठमाडौँ

हिरा विश्वकर्मा

आजभन्दा करिब तीन वर्ष अगाडि काठमाडौँ विश्वविद्यालयले त्यहाँबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरुलाई एउटा भव्य तर भद्रगोल कार्यक्रमको आयोजना गरेको थियो ।

भद्रगोल यो अर्थमा कि निर्धारित समयभन्दा २/३ घण्टा कार्यक्रम ढिलो, त्यसमा आएका सबै पाहुनाहरुलाई बस्ने उचित व्यवस्था नहुनु र सबै अविभावकसँग यथेष्ट शुल्क असुलेर पनि राम्रो खाजा नखुवाउनु र त्यसको वितरण पनि भद्रगोल हुनु।

यो भद्रगोल कार्यक्रमका प्रमुख अतिथि थिए तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सो कार्यक्रममा आम जनता जस्तै उभिएका थिए तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा।

मन्त्री जस्तो मान्छेलाई कार्यक्रम आयोजकले किन ड्यासमा बोलाएनन्, त्यो जानकारी भएन, तर उनी आम अभिभावकजस्तै हाम्रै बगलमा उभिई रहेका थिए । उनको उपस्थितिप्रति त्यहाँ उपस्थित कसैको पनि चासो र ध्यान गएको देखिँदैन थियो ।

धन्न एक जना अधबैँशे उमेरका अभिभावकले हात मिलाउँदै उनलाई धन्यवाद दिएका थिए, धन्यवाद दिने कारण थियो लोडसेडिङको अन्त्य गर्न सहयोग गरेको भनेर । उनले भनेको सम्वाद मलाई अझै पनि याद छ, ‘मन्त्रीज्यू, हामी लामो अन्धकारमा थियौँ त्यो अन्धकारबाट मुक्त गर्न सहयोग गर्नु भयो, व्यक्तिगत रुपमा तपाईँले मलाई चिन्नु हुन्न र पनि त्यसका लागि धन्यवाद ।’

प्रकाशित मिति: : 2020-08-28 16:48:34

प्रतिकृया दिनुहोस्