दैनिक भागदौडको जिन्दगीमा हामीले आफ्नो काम, कर्तव्य र जिम्मेवारीलाई यतिसम्म भुल्छौं कि दैनिक हुने नियमित कामबाहेक अरू काम हाम्रो स्मरण आउनै पाउँदैन ।
कार्यालयीय कामपछि हाम्रो फुर्सदिलो समय विद्युतीय सामग्रीको प्रयोगमा नै बित्ने गर्छ । पर्याप्त व्यायाम, स्वस्थ र सन्तुलित आहार एवं गहिरो निद्राको बारेमा हामी चिन्ता लिँदैनौं । या त कार्यालयीय काम या अनुत्पादक क्षेत्रमा विद्युतीय उपकरणसँग नै बित्ने हाम्रो दिनले हामीलाई कत्तिको फाइदा गर्ला ?
भागदौडलाई नियन्त्रण गरेर फरक किसिमले जीवन जिउने विश्वका कतिपय मुलुकहरू उदाहरणीय छन् । विश्वका कतिपय देश र कम्पनीले बिहान ९ बजेदेखि ६ बजेसम्मलाई कार्यालय समयको रूपमा तोकेका हुन्छन्, जुन हाम्रोभन्दा धेरै हो ।
विश्वमा कतिपय यस्ता संस्थाहरू पनि छन् जसले विश्वभरका मानिसहरूको जीवनशैलीलाई समेत सूचक मानेर उत्कृष्ठ मुलुकहरूको सूची तयार पार्ने गरिएको छ । यही जीवनशैली सम्बन्धी विषयलाई आधार मानेर नै कस्तो जीवनशैली भएका मुलुकका मान्छे धेरै समय बाँचे भनेर समेत रिपोर्ट तयार पार्ने गरिएको छ ।