सम्झौता विपरित खाना वितरण, व्यवस्थापनमा पनि चरम लापरवाही

देशसञ्चार

वीरेन्द्रनगर

दिपा दाहाल

कर्णाली प्रदेश सरकारका प्रतिनिधिहरुले ‘नमूना क्वारेन्टिन’ भन्दै प्रचार गरेको सुर्खेत घण्टाघर पूर्वको खुल्ला मञ्चमा रहेको प्रदेशस्तरीय क्वारेन्टिन प्रदेश सरकारकै बेवास्ताका कारण बेवारिसे बन्न पुगेको छ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९) को महामारी तत्काल रोकिने कुनै पनि संकेत नदेखिएका बेला ४०० सय मानिस राख्ने क्षमता भएको क्वारेन्टिनको व्यवस्थापनबाट असार मसान्तदेखि नेपाली सेना अलगिएपछि क्वारेन्टिन बेवारिसे अवस्थामा पुगेको हो।

क्वारेन्टिनमा प्रदान गरिने खाना, खाजा, पानीदेखि यहाँको व्यवस्थापन, स्वास्थ्य सेवाको उपलब्धता, सरसफाई तथा फोहोर व्यवस्थापनको पक्ष कमजोर बन्दै गएपछि जीवन सुरक्षाकालागि भन्दै यहाँ ल्याइने प्रायः  व्यक्तिहरुले झनै जोखिम महशुसस गर्न थालेका छन्। पूर्व निर्धारित सेवा सुविधा प्रदान गर्नबाट प्रदेश सरकार चुकेपछि आफूहरुले अनाहकमा यातना पाएको गुनासो उनीहरुको छ।

प्रदेश सरकारका सरोकारवाला निकाय र प्रतिनिधि भने त्यसबारे बेखवर जस्तै छन्। यता सेनाले खर्च गर्न बाँकी रहेको बजेट सरकारलाई फिर्ता गरेपछि पनि त्यहाँको सुरक्षासँगै स्वास्थ्य सेवा, विद्युत र खानेपानी धाराको मर्मतको लागि प्रतिनिधि नियमितरुपमै खटाएकै छ।

 

प्रकाशित मिति: : 2020-08-27 13:22:37

प्रतिकृया दिनुहोस्