कोरोना भाइरसको नियन्त्रणका लागि विश्वभरका साना ठूला, संघ, संस्था एवं संगठनहरु लागिपरेका छन् । विशेष रुपमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण भूमिका निभाइरहेको छ ।
यसैबीच पाँच शक्तिशाली देशहरुको संगठन ब्रिक्स भने पूर्णरुपमा अस्तित्वविहीन अवस्थामा पुगेको छ । सन् २००९ मा अमेरिकाको व्यापार एवं विस्तारवादलाई रोक्नका लागि चीनको पहलमा गठित ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संयुक्त गठबन्धन (ब्रिक्स) अहिले सदस्य राष्ट्रको टकरावका कारण अस्तित्वविहीन अवस्थामा पुगेको हो ।
विश्वको ४० प्रतिशत जनसंख्या र २३ प्रतिशत जीडीपी ओगट्ने ब्रिक्स अर्थात् यी पाँच देशको गठबन्धनले कोरोना भाइरसको नियन्त्रणका लागि उल्लेख्य भुमिका निर्वाह गर्न सक्थ्यो ।
महामारीको बीचमा अप्रिल २८ मा ब्रिक्सका विदेशमन्त्रीहरुले भिडियो सम्मेलन गरेका थिए । उक्त सम्मेलनमा प्रत्येक देश न्यु डेभलपमेन्ट बैंक (एनडीबी) मा १५ बिलियन अमेरिकी डलर राख्नका लागि सहमत पनि भएका थिए ।
ब्रिक्स मुलुकहरुले नै सञ्चालनमा ल्याएको मल्टिलेट्रल डेभलपमेन्ट बैंक एनडीबीमा जम्मा गरेको उक्त पैंसाले आर्थिक संकटविरुद्ध लड्न मद्दत गर्नेछ ।
त्यस्तै सम्मेलनका क्रममा एनडीबीले ग्लोबल क्राइसिसमा केही सहयोग पुर्याउन सक्ने संकेत समेत ब्रिक्सले गरेको थियो ।
यसका बाबजुद पनि ब्रिक्सको पहलले त्यस्तो उल्लेख्य भूमिका भने निभाउन सकेको छैन । कोरोना भाइरसलाई नियन्त्रणमा ल्याइसकेको चीन बाहेक अन्य मुलुकमा कोरोना भाइरसका केसहरु दिनप्रतिदिन बढ्दो क्रममा रहेका छन् ।
भारत, रुस, दक्षिण अफ्रिका र ब्रजिल अहिले कोरोना भाइरसको हटस्पटका रुपमा रहेका छन् । त्यहाँ दैनिक हजारौं नयाँ संक्रमितहरु बाहिर आइरहेका छन् भने दैनिक सयौंले ज्यान गुमाइरहेका छन् ।
तर ब्रिक्सको सहयोग र रणनीतिहरुले कोरोना भाइरसविरुद्ध लड्न कुनै किसिमको पनि महत्वपूर्ण योजना अघि सार्न सकेको छैन । जुन एक किसिमले असफल ब्रिक्सको संकेत हो ।
सुरुमा कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानले अहिले त्यहाँ र चीनभरीमा दैनिक नयाँ संक्रमणको दर निकै नै कम भए पनि चीनले कोरोना भाइरसको नियन्त्रणका लागि वास्तविक सूचनाहरु लुकाएको, गोपनियतामा कडाइ गरेको र अन्य विश्वमा संक्रमण फैलिनबाट रोक्न सक्ने किसिमका कुराहरुमा अनैतिकता प्रदर्शन गरेको आरोप छ ।
पाँचै देशहरु ग्लोबल क्राइसिसको सामना गरिरहेका बेला ब्रिक्सले केही गर्न नसक्नुले यसको कार्यक्षमतामाथि प्रश्न गरेको छ । यसबाहेक ब्रिक्स मुलुकहरुलाई कोरोना भाइरसको महामारीले थला पारेको छ ।
अब यी मुलुकहरुले संगठनात्मक रुपमाभन्दा पनि आफ्नै देशको अर्थव्यवस्थातर्फ आँखा लगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
अहिले विश्वकै दोस्रो ठूलो कोरोना भाइरसको महामारी केन्द्र बनेको ब्रजिलमा पछिल्ला ५–६ महिनामा नै १२ लाखभन्दा बढीले रोजगारी गुमाएका छन् ।
ब्रजिलको जीडीपी १.५ प्रतिशतले खस्केको छ र यहाँको स्वास्थ्य अवस्था निकै नै भयावह रुपले खस्कने अवस्थामा पुगेको छ ।
त्यस्तै ब्रजिल जस्तै कोरोना महामारीको त्रास नभए पनि रसियाको अर्थतन्त्रमा पनि अहिले ठूलो क्षति पुगेको छ ।
बेरोजगारी दर ३० प्रतिशत पुगेको रसियामा, सन् २०१४ देखिका पश्चिमी प्रतिबन्धहरु त छँदैछन् झन यहाँको अर्थव्यवस्थामा दुई दशकयताकै घाटा सिर्जना भएको छ ।
लकडाउनका कारण घरेलु हिंसा बढेको छ भने विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको खोप निर्माण गरेको बताउने रसियाले उत्पादन गरेको खोपको विषयमा स्पष्ट वैज्ञानिक आधार पुष्टि नहुँदा सन्देह छ ।
त्यस्तै दक्षिण अफ्रिका पनि अहिले निकै नै संकटमा चुलिएको अवस्थामा रहेको छ । यहाँको सामाजिक र आर्थिक अवस्था निकै नै खस्किएको छ । पछिल्ला ४ (५ महिनामै यहाँको बेरोजगारी दर ३० प्रतिशतमा पुगेको छ ।
सामाजिक हिंसा, स्वास्थ्य समस्या र धेरै मानिसहरु यहाँ मानसिक समस्याबाट समेत गुज्रिरहेका छन् । दक्षिण अफ्रिकाको अवस्था समेत नाजुक छ ।
यस बाहेक ब्रिक्सको सहकार्यमा भारत–चीनबीचको तनाब पनि एक कारण बनेको छ । करिब ४५ वर्षपछि पहिलो पटक भारत चीनबीच तनाब सिर्जना भएको थियो ।
यसले भारतमा आगोमा मट्टीतेल खन्याएजस्तै भइदियो ।
भारत सरकारले तुरुन्त भारतमा भइरहेका करोडौंका चिनियाँ व्यापारहरुलाई रोकिदियो । निकै नै चर्चित सामाजिक सञ्जाल एवं इन्टरनेटका एपहरुमाथि प्रतिबन्ध लगाइदियो भने आर्थिक क्रियाकलापहरुलाई दबाबमा राखिदियो । यसले पनि ब्रिक्सलाई कमजोर पारिदिएको छ ।
विश्वको ठूलो हिंसाको रुपमा रहेको ब्रिक्स यदि आन्तरिक कलहमा नउल्झेको हुने थियो, सामाजिक र आर्थिक पक्षमा सबल भइ सहकार्य गर्दै अघि बढेको हुन्थ्यो भने यसले अहिलेको माहामारीको अवस्थामा एक महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्थ्यो ।
कसरी घुँडा टेक्यो ब्रिक्सले ?
सन् २००८ को मन्दिपछि चीन केन्द्रित ग्लोबल ट्रेड सेन्टरलाई चुस्त पार्न चीनको पहलमा पाँच देशहरुबीच ब्रिक्स सम्झौता भएको थियो । यद्यपि सुरुवातदेखि नै सुस्त चालमा रहेको ब्रिक्सलाई संगठित कुनै देशले पनि महत्वका साथ अघि सारेनन् ।
चीनले अमेरिकालाई बाहिरी रुपमा एक जालो देखाएर र अन्य चार मूलुकलाई उल्झनमा पारेर आफ्नो योजना अनुरुप एक्लै काम गरेर अघि बढ्यो । यसबीच चीन आफूले देशको स्वार्थपूर्ति गर्यो होला । तर ब्रिक्सका लागि भने अन्य मुलुकले उल्लेख्य योजनाहरु अघि सारेर काम गरेनन् ।
चिनियाँ मिडिया सीजीटीएनले गत वर्षमात्रै ब्रिक्सको महत्व भन्दै एक लेख प्रकाशित गरेको थियो । यसबाहेक चीनले कहिले पनि ब्रिक्सलाई अघि सारेको देखिँदैन ।
त्यसो त साझा सामाजिक र राजनीतिक मुल्यमा आधारित नै नभएको ब्रिक्समा भारत र ब्राजिलको प्रजातन्त्रले चिनियाँ कम्युनिजमसँग सहकार्य गर्न नसकेको पनि हो ।
भारतको मोदी सरकार र ब्रजिलको बोल्सोनारो सरकारले चीनलाई मित्रका रुपमा हैन बरु शत्रुका रुपमा हेर्छन् ।
ब्रिक्सभित्रको एकमात्रै देश रुस जसले अलिकति भएपनि चिनियाँ सरकारलाई साथ दिन्छ ।
यद्यपि मध्यपूर्वमा बेइजिङको बढ्दो प्रभाव र रुसि हतियारको नक्कललगायतका विविध कारणले मस्को पनि चीनसँग भित्रिरुपमा रुष्ट नै छ ।
दक्षिण अफ्रिका आफै मन्दीमा परेको देशले झनै ब्रिक्सका लागि के नै महत्वपूर्ण कार्य गर्न सक्थ्यो र ।
उता, ट्रम्पले जी ७ को विस्तारीत स्वरुप क्वाडलाई मलजल गर्दै भारतलाई समेत क्वाडमै राखेर अघि बढिसकेका छन् ।
यसले अब विश्वबजारमा युआन ९चिनियाँ पैंसा०को विस्तार अर्थात युआन अन्तर्राष्ट्रियकरण गर्ने चीनको सपना र अमेरिकालाई तुह्याउने रणनीतिमा ब्रिक्स फेल भएको रुपमा हेर्न थालिएको छ ।