उपत्यकाका तीन जिल्लाको कोरोना म्यापिङ, कहाँ के हुँदैछ?

सेतोपाटी

काठमाडौँ

सेतोपाटी टिम

काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। अहिले देशभरिमै काठमाडौं सबभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला हो।

पछिल्लो एक सातामा उपत्यकाभित्र दैनिक दुई सयभन्दा बढी संक्रमित थपिएका छन्। देशभरिमा जति संक्रमित भेटिन्छन्, तीमध्ये २५ प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन्।

काठमाडौंलाई 'हटस्पट' बन्न नदिन उपत्यकाका तीनै जिल्ला प्रशासनले भदौ १७ गतेसम्म निषेधाज्ञा लागू गरेका छन्। यसबीच तीनै तहको सरकारबाट जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।

यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्‍याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १७ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।

प्रकाशित मिति: : 2020-08-26 20:41:39

प्रतिकृया दिनुहोस्