अदालतमा समिति होइन, भ्रष्ट न्यायाधीशलाई कारवाही गर्ने कानुन आवश्यक छ

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्, बलराम केसी । सर्वोच्च अदालतमा न्यायाधीश बहाल रहेकै बेला न्यायपालिकामा भ्रष्टाचार छिर्‍यो, अनुसन्धान हुनुपर्छ भनेर उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  सर्वोच्च अदालत आफैँले भ्रष्टाचार, विकृति, विसंगति खोज्न भन्दै पटक–पटक समिति गठन पनि गर्‍यो । 
तर, समितिले दिएका प्रतिवेदनहरु दराजमै थन्किएका छन् । अहिले पुनः त्यस्तै नयाँ समिति गठन गरिएको छ ।  पूर्वन्यायाधीश केसी नयाँ–नयाँ समिति गठन गर्ने भन्दा पहिलेका प्रतिवेदन कार्यान्वयन गर्नु उपयुक्त हुनुपर्ने बताउँछन् ।  संविधान जारी भएको पाँचवर्ष भइसक्दा अझै सर्वोच्च अदालतका न्यायाधीशलाई भ्रष्टाचारमा कारवाही गर्ने ऐन नबनेको पनि केसीले बताए । 

प्रकाशित मिति: : 2020-08-26 13:33:55

प्रतिकृया दिनुहोस्