बारामा काेराेना संक्रमणबाट एकै दिन तीन जनाकाे मृत्यु

बारा जिल्लामा कोरोना संक्रमणका कारण मंगलबार मात्रै थप तीन जानकाे मृत्यु भएकाे छ। 

मृत्यु हुनेमा बिश्रामपुर गाउँपालिका २ र महागढीमाई नगरपालिकाका एक पुरुष छन्। 

बाराको बिश्रामपुर गाउँपालिका १ छतवा बस्ने वर्ष ४२ को अशोककुमार यादवको मंगलबार राति ८ बजे मृत्यु भएको थियाे। 

उनकाे गण्डक अस्पताल वीरगञ्जको आइसुलेसनमा गएराति पाैने ११ बजे मृत्यु भएको हो। आम आदमी पार्टि नेपालका राष्टि्रय अध्यक्षसमेत रहेका यादव किड्नी र श्वासप्रश्वास,ज्वरोको समस्याले ग्रसित रहेको स्राेतले बताएकाे छ। 

मृतककाे शव सोही अस्पतालमानै रहेको र व्यवस्थापन गर्ने कार्य भइरहेको बारा प्रहरीले जनाएको छ। 

यसैबीच बारामा कोरोना संक्रमणको कारण मंगलबार दुई व्यक्तिको मृत्यु भएको थियो। बारा जिल्लाको महागढीमाई नगरपालिका ४ मल्हनीटोल बस्ने ५९ बर्षे गेनाप्रसाद साह तथा बिश्रामपुर गाउँपालिका ५ औरयाटोलका ७२ बर्षे धुपलाल यादवको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

पीसीआर रिर्पोट पोजिटिभ आएसँगै संक्रमितहरुमा समस्या देखिएपछि उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारका क्रममा मंगलबार बिहान ६ बजे एक जना र ११ बजे थप अर्काेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

मृतक यादव र साह लामो समयदेखि विभिन्न दिर्घरोगका पीडीत थिए।

योसँगै कोरोनाबाट मर्नेको संख्या १४ पुगेको बाराका प्रजिअ पण्डितले बताए।

प्रकाशित मिति: : 2020-08-26 10:16:03

प्रतिकृया दिनुहोस्